Logo

इजरायली प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन वार्ता



जेरुसेलम, १८ पुस । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इजिप्टका राष्ट्रपति अब्देल(फताह अल(सिसी बीच आइतबार टेलिफोन वार्ता भएको छ । सो अवसरमा द्विपक्षीय सम्बन्ध अगाडि बढाउने र क्षेत्रीय सुरक्षा प्रवर्द्धन गर्ने विषयमा छलफल केन्द्रित भएको बताइएको छ ।
इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार नेताहरूले क्षेत्रीय र अन्तरराष्ट्रिय विकासका साथै सबै क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई प्रवर्द्धन गर्ने इच्छा व्यक्त गरेका छन्।
उनीहरूले ूदुवै देशका जनता र मध्य पूर्वका सबै देशहरूको हितका लागि शान्ति, स्थिरता र सुरक्षा प्रवर्द्धन गर्न विषयमा विशेष महत्त्व दिएका छन्,ू विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्री नेतान्याहु चरम दक्षिणपन्थी गठबन्धन सरकारको नेतृत्वमा पदासीन भएको तीन दिनपछि यो वार्ता भएको हो।
इजरायल र इजिप्टले सन् १९७९ मा शान्ति सन्धिमा हस्ताक्षर गरेका थिए । सो सन्धी इजरायलले अरब राष्ट्रसँग हस्ताक्षर गरेको पहिलो शान्ति सन्धि थियो । त्यसपछि दुई देश बीच सम्बन्ध सुधारको अपेक्षा गरिए पनि तुलनात्मक रूपमा सम्बन्ध सुध्रेको भने छैन । रासस



प्रतिक्रिया दिनुहोस्