Logo

यी स्यामसुङ्‌ मोबाइलमा चल्नेछैन वाट्‍सएप



एजेन्सी । वाट्‍सएपको प्रयोग अहिले विश्वभर भइरहेको छ। तर यतिबेला केही स्यामसुङ्‌ मोबाइल प्रयोगकर्ताहरुलाई वाट्‍सएपले झट्का दिएको छ। अब वाट्‍सएप स्यामसुङ्‌का केही मोबाइलहरुमा बन्द भएको छ।

वाट्‍सएपले स्यामसुङ्‌का केही पुराना मोबाइलमा आफ्नो सेवा बन्द गरेको छ। एक प्रतिवेदनका अनुसार सन् २०११, २०१२ र २०१३ मा सार्वजनिक भएका ७ प्रकारका स्यामसुङ्‌ मोबाइलमा अब वाट्‍सएप चल्नेछैन।

प्रतिवेदन अनुसार स्यामसुङ्‌ ग्यालेक्सी एस-२, ग्यालेक्सी कोर, ग्यालेक्सी एस-३ मिनी, ग्यालेक्सी एस-२, ग्यालेक्सी ट्रेन्ड लाइट, ग्यालेक्सी ट्रेन्ड आइआइ र ग्यालेक्सी एक्सकभर-२ मोबाइलमा वाट्‍सएप चल्ने छैन। यी सभै मोबाइलको अन्तिम अपडेट एन्ड्रोइड ४.० थियो।



प्रतिक्रिया दिनुहोस्