Logo

जाडोमा उच्च रक्तचाप हुनेले के गर्ने ?



काठमाडौं, १८ पुष । जाडोमा उच्च रक्तचाप हुनेहरुले के कस्ता सावधानी अपनाउने र कसरी उच्च रक्तचाप घटाउनेबारे चिकित्सक ओम मूर्ती अनिलले दिएका ५ सुझावहरु :

१. रक्तचाप पटक-पटक चेकजाँच गर्ने।

२. सेवन गरिरहेको औषधीको मात्रा बढ्न सक्छ वा नयाँ औषधी थपिने सम्भावना हुनसक्छ। एकपटकलाई पनि औषधी खान नछुटाउने।

३. जाडोमा उच्च रक्तचाप घटाउने अर्को उपाय हो : हिड्ँनु। चिसोको कारणले हिड्ँन सकिरहनुभएको छैनभने घाम उदाएको बेला पहिलाको भन्दा बढी हिड्ँनुपर्ने। साँझ चिसो हावा चल्ने भएकोले साँझ बाहिर हिड्ँनु त्यति सुरक्षित मानिदैन। विशेषगरेर ५० वर्ष काटेका र मुटु रोगका जोखिम भएका व्यक्तिहरुलाई राति घरमा ठाउँ छ भने अलिअलि हिड्ँन सुझाव। हिडाँइ सबैभन्दा प्रभावकारी तरिका हो।

४. खानामा विशेष ध्यान दिनुस् : खानामा नुनको मात्रा बढी हुने खानाहरु खान कम गर्ने गर्ने। उच्च रक्तचाप बढिरहेको छ भने एक पटकको खानामा नुन नखाए नि हुन्छ। डब्बामा राखिएका र बाहिरबाट किनेर ल्याउने खानेकुराहरु नुनिलो नभएपनि नुनको मात्राबढी हुन्छ। अचारहरुको प्रयोगपनि कम गर्ने। मांसाहारी खानेकुराहरु कम खाने।

५. समयसमयमा शरीर चेकजाँच गरीराख्ने। चेकजाँच गरी राख्दा आफ्नो शरीरमा भएको कमीको बारेमा थाहा हुन्छ। जसले सावधानी अपनाउन सजिलो हुन्छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot