Logo

चर्चित गायिका अन्नु चौधरी र रोहित सिंह चौधरीको स्वर रहेको माघीरे गीत सार्वजनिक



काठमाडौं, १८ पुष । माघ महिना आउन लागेसँगै थारु समुदायमा माघीलक्षित गीत संगीतहरु धमाधम सार्वजनिक भईरहेको छ । यसै क्रममा थारु समुदायका चर्चित अनुहारहरुको अभिनय रहेको नयाँ माघी गीत माघीरे (माघी–३) सार्वजनिक भएको छ । चर्चित गायिका अन्नु चौधरी र रोहित सिंह चौधरीको स्वर रहेको उक्त गीत थारु फिल्म्स नेपाल नामको युट्युब च्यानलमार्फत शनिबार सार्बजनिक भएको हो ।

रोहित सिंह चौधरीकै शब्द, संगीत रहेको उक्त गीतमा देब चौधरी, रोहित सिंह चौधरी, बिरु चौधरी, बिर चौधरी, आर्यन चौधरी, राजिव चौधरी, दिपिका चौधरी, मुस्कान चौधरी, रेजिना चौधरी, रचना चौधरी, समु चौधरी र तनुजा चौधरी लगायतको मुख्य अभिनय रहेको छ ।

काठमाडौको अकाउस्टीक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा गणेश चौधरीको संगीत संयोजन रहेको छ भने चन्द्र चौधरीको मिक्स, मास्टरीङ रहेको छ । त्यस्तै उक्त गीतलाई निरज महतो र जित महतोले खिचेका छन् भने सुरज महतोको सम्पादन र सुभाग्य महतोको रङ संयोजन रहेको छ । हिरा चौधरीको निर्देशनमा तयार भएको उक्त गीतलाई रजनिस चौधरीले नृत्य निर्देशन गरेका छन् ।

नितेश जंग चौधरीको निर्माणमा तयार पारिएको उक्त भिडियोलाई चितवन जिल्लाको सौराहा आसपास क्षेत्रमा छायांकन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्