Logo

केपी ओली भेट्न बाबुराम बालकोटमा



काठमाडौं, १८ पुष । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओली भेट्न भट्टराई आज (सोमबार) ओली निवास बालकोटमा पुगेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा विश्वासको मत लिने मिति भएसँगै दुई नेताबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । भट्टराईले यसपटकको निर्वाचन लडेका थिएनन् । उनलाई माओवादी केन्द्रले राष्ट्रपति बनाउने चर्चा थियो ।

 



प्रतिक्रिया दिनुहोस्