Logo

चुनौतीमा राजस्व लक्ष्य, तातिए पौडेल



काठमाडौं, पुस १९ । चालू आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन नभएर समस्या आएका बेला अर्थ मन्त्रालयको जिम्मेवारीमा आएका अर्थमन्त्री विष्णु पौडेलका पछिल्ला दिन राजस्व बढाउनेमा केन्द्रित हुन थालेको छ ।

अर्थमन्त्री पौडेलले राजस्व संकलन लक्ष्य हासिल गर्न आफू मातहतमा रहेका सबै कार्यालय प्रमुखलाई आइतबार बोलाएर निर्देशन दिएका छन् ।

उनले कर कानुनको परिपालन गरी गल्ती गर्नेलाई छुट नदिन तथा निर्दोषलाई त्रसित नहुने गरी काम गर्न निर्देशन दिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

यो वर्ष राजस्वले चालू खर्चसमेत धान्न नसकेपछि मन्त्रालयका अन्य अधिकारीहरु पनि दबाबमा छन् । राजस्व संकलनको वर्तमान अवस्था र तोकिए बमोजिमको राजस्व संकलन हासिल गर्न अर्थमन्त्री पौडेलले आन्तरिक राजस्व विभाग र भन्सार विभाग अन्तर्गतका सबै कार्यालय प्रमुख एवं कर्मचारीलाई छलफलमा बोलाएका थिए ।
आजको कारोबार दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot