Logo

आयोग पदाधिकारीसँगको छलफल सकियो, सचिवहरूसँगको छलफल सुरु हुँदै



काठमाडौं, पुस १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजपनि विभिन्न मन्त्रालयका सचिव र निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री दाहालले बिहान १० बजे सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका छन् भने अहिले ११ बजेदेखि विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल गर्ने कार्यतालिका रहेको छ ।

स्रोतका आयोग पदाधिकारीसँगको छलफलमा राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनबारे छलफल गरेका छन् । मन्त्रालयका सचिवहरूसँग भने आजपनि सुशासनबारे प्रधानमन्त्रीले छलफल गर्न लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस्