Logo

रास्वपाले गर्‍यो मकवानपुर जिल्ला सभापति न्यौपानेलाई कारबाही



काठमाडौं, १९ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मकवानपुर जिल्ला सभापति राजकुमार न्यौपानेलाई कारबाही गरेको छ। गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा सभापति न्यौपानेको क्रियाकलापप्रति जिल्लाका पदाधिकारहरुले गुनासो र उजुरी गरेसँगै हाललाई पदीय हैसियतले कुनै काम नगर्न निर्देशन दिइएको हो ।

‘निर्वाचनको समयमा तपाईले गर्नुभएका क्रियाकलाप, गतिविधि तथा आचरणको विषयमा जिल्लाका विभिन्न तहगत समितिका पदाधिकारी, उम्मेदवार तथा सदस्यहरुबाट विभिन्न किसिमका गुनासो, उजुरी तथा कारबाहीसमेतको माग आएको परिप्रेक्षमा सो विषयमा आवश्यक छानबिन, अनुसन्धान तथा अन्तिम निक्र्यौल नभएसम्म तपाईँले आफ्नो पदीय हैसियतले कुनै पनि गतिविधि, कार्यमा संलग्न नहुन निर्देशन अनुसार सूचित गरिन्छ,’ महामन्त्री एवं प्रवक्ता डा.मुकुल ढकालले पत्रमार्फत् निर्देशन दिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot