Logo

सामसङ वासिङ मेसिनको डिजिटल इन्भर्टर मोटर्स र रेफ्रिजेरेटर्सको डिजिटल इन्भर्टर कम्प्रेसरमा २० वर्षसम्मको वारेन्टी



काठमाडौं, १९ पुष । नेपालको अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले आफ्नो वासिङ मेसिनहरुमा प्रयोग हुने डिजिटल इन्भर्टर मोटर र फ्रिजहरुमा प्रयोग हुने डिजिटल इन्भर्टर कम्प्रेसरमा पहिलो पटक २० वर्षको वारेन्टी प्रदान गर्दै नयाँ आयामको सुरुवात गरेको छ।

सामसङको यो पहलले आफ्ना उत्पादनहरूमा विश्वसनीयता र टिकाउपनलाई अझ मजबुद बनाएर ग्राहकहरूको मन जित्ने कम्पनीको दाबी छ। कम्पनीका अनुसार यसले ई-वेष्ट (e-waste) न्यूनीकरण गर्ने र उपभोक्ताहरूलाई उच्च गुणस्तरीय र टिकाउ उपकरणहरू प्रदान गर्दै दिगो जीवनशैली प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतालाई प्रस्तुत गरेको छ।

आधुनिक प्रविधिमा अग्रसर सामसङले आफ्ना प्रोडक्टहरुमा एडभान्स डिजिटल इन्भर्टर कम्प्रेसर र डिजिटल इन्भर्टर मोटर प्रयोग गरी, आफ्ना उपकरणहरुको गुणस्तरलाई अझ मजबुद बनाई उपभोक्ताको विश्वास सजिलै जित्ने कम्पनीको दाबी छ।

सामसङको सस्टेनएबलिटी भिजनलाई आत्मसाथ गर्दै आफ्ना वासिङ मेसिन र रेफ्रिजरेटरहरूमा प्रयोग हुने डिजिटल इन्भर्टर मोटर्स र कम्प्रेसरहरूमा २० वर्षको वारेन्टी ल्याएको छ । घरेलु उपकरणहरू बारम्बार प्रतिस्थापनले समय र ऊर्जा खर्च मात्र गर्दैन तर भौतिक फोहोर पनि उत्पादन गर्दछ, जुन आजको समयमा हाम्रो लागि ठुलो चुनौतीको रुपमा खडा भएको छ। तसर्थ, यो पहलले हाम्रा उपभोक्ताहरूको आत्मविश्वास जित्दै, हाम्रो सामानहरुमा दिगोपनको बाचासहितको ई-वेष्टलाई न्यूनिकरण गर्ने हाम्रो उद्देश्यलाई ठुलो टेवा पुग्ने छ। सामसुङ नेपालका कन्ज्युमर इलेक्ट्रोनिक्स व्यवसायका उपमहाप्रबन्धक आलोक कुमार गुप्ताले भने ।

डिजिटल इन्भर्टर टेक्नोलोजीद्वारा समर्थित स्थायित्व

डिजिटल इन्भर्टर टेक्नोलोजीले ऊर्जा दक्षता र कार्यसम्पादनमा फ्रिज र वासिङ मेसिन जस्ता ठूला उपकरणहरू लामो समयसम्म टिक्नेलगायत धेरै कुराहरूमा प्रभाव पार्छ। जस्तै, २० वर्षको वारेन्टीको सुविधाले यस कोर कम्पोनेन्टहरुको एकताको सुरक्षा गर्दै उपकरणहरूको प्रयोग समेत विस्तार गर्दछ। विश्वसनीयता मार्फत प्रयोगकर्ताहरूलाई मानसिक रुपमा शान्ति प्रदान गर्दछ र वातावरणीय फोहोर घटाउन मद्दत गर्छ।

डिजिटल इन्भर्टरहरूको कार्यक्षमता

डिजिटल इन्भर्टर मोटरले बलियो चुम्बकहरू प्रयोग गर्दछ। जसले गर्दा मेसिनलाई भाइब्रेट हुन बाट जोगाउछ र तपाईंको वासिङ मेसिनलाई धेरै शान्त र सहज रूपमा चलाउँछ। जसले यहाहरुको जीवनलाई दैनिक रुपमा सहज र सरल बनाउँछ। साथै यसले संचालन खर्चलाई समेत नियन्त्रण गर्छ।

यसले लुगा धुनका लागि यसमा भएको अन्य राम्रो सुवधाहरू प्रयोग गरी संचालनमा लाग्ने खर्चहरू पनि घटाउँछ। डिजिटल इन्भर्टर मोटर ब्रसलेस छ। यस्तै मेसिनमा चलाउने पार्ट्सहरुको संख्या सानो छ जसले तिनीहरूलाई लामो समयसम्म टिकाउन मद्दत गर्छ।
डिजिटल इन्भर्टर कम्प्रेसरले मानक सिंगल–स्पीड कम्प्रेसरको विपरीत एक नासको गतिमा काम गर्न सक्छ। जसको मद्दतले बन्द गर्ने वा पूर्ण गतिमा सञ्चालन गर्ने भन्ने कुरा निर्धारण गर्छ। डिजिटल इन्भर्टर कम्प्रेसर लगभग सधैं सक्रिय हुन्छन् तर यसले फरक गतिमा पनि काम गर्न सक्छ।यसले फ्रिज भित्र उच्च दक्षता र लगातार तापमान राखिराख्न सुनिश्चित गर्दछ। यसको महत्त्वपूर्ण कुरा भनेको लागत बचत, कम कार्बन फुटप्रिन्ट, कम आवाज र कम्प्रेसरलाई लामो समयसम्म टिकाउने हुन्छ।

ऊर्जा दक्षताप्रति प्रतिबद्धता

सामसङको डिजिटल इन्भर्टर टेक्नोलोजीले सबै उपकरणहरूमा दिगोपनको साथ आफैंमा अलग पहिचान बनाएको छ। सामसङले आफ्ना ग्राहकहरूलाई डिजिटल इन्भर्टर टेक्नोलोजीमा वारेन्टी विस्तार गरेर २० वर्षसम्म भ्यालु थप्न जारी राख्ने वाचा गरेको छ।
कम्पनीको यस्तो प्रतिबद्धता गर्नुको अर्थ उपकरण उत्पादन र त्यसपछि पनि डिजिटल इन्भर्टर टेक्नोलोजीको मर्मत र सेवा गर्न आवश्यक पर्ने पार्ट्सहरू २० वर्षसम्म उपलब्ध गराइनेछ।

लामो समयसम्म दिगोपन कायम

लामो समयसम्म दिगोपन कायम गर्न सामसङले यो सबैको घरबाट सुरु हुनुपर्छ भन्ने विश्वास गर्दछ। किनभने हामीले हरेक दिन गरिएका साना कामहरुले पृथ्वीमा ठूलो प्रभाव पार्न सक्छ। २० वर्षको वारेन्टीद्वारा समर्थित आफ्नो किचन र अन्य उपकरणहरूमा समावेश गरिएका नवीन समाधानहरूका साथ कम्पनीले घरको लागि सक्रिय दिगो समाधानहरूलाई आत्मसाथ गर्दछ।

सामसङको एडभान्स दक्ष रेफ्रिजरेटर वा वासिङ मेसिन खोज्ने उपभोक्ताहरूका लागि एक राम्रो प्राकृतिक विकल्प बन्न सक्छ।

 



प्रतिक्रिया दिनुहोस्