Logo

अर्थमन्त्री पौडेल र गभर्नर अधिकारी बालुवाटारमा, अर्थतन्त्र सुधारबारे छलफल



काठमाडौं, २० पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटघाटमा अर्थतन्त्रमा देखिएको समस्याको समाधानबारे छलफल भएको हो ।

प्रधानमन्त्री दाहालले ब्याजदर घटाउन तथा तरलताको समस्याका बारेमा मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी लिनुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्री दाहालले कार्यभार सम्हालेपछि पहिलोपटक आज अर्थमन्त्री र गभर्नरलाई सँगै राखेर छलफल गरेका हुन् । प्रधानमन्त्री दाहालले विदेशबाट आउँदा दुई वटा फोन ल्याउन सहज गर्नपनि निर्देशन दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot