Logo

सन् २०२३ मा किम जोङ उनको योजना !



एजेन्सी । सन् २०२३को सुरुमै उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले उत्तर कोरिया अब एक परमाणु शक्ति सम्पन्न देश बनेको र हतियार भने अझै बनिरहने बताएका थिए। सन् २०१७ पछि कोरियाली प्राय:द्धीपमा धेरै तनाव रहेको थियो। सोही वर्ष तत्काली अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामाथि पूरै शक्तिका साथ कारवाही गर्ने चेतावनी दिएका थिए। यस्तो अवस्थामा कोरोयाली प्राय:द्धीपको भविष्य के होला भन्ने प्रश्न थियो।

सन् २०२२मा उत्तर कोरियाले आफ्नो हतियारको मामिलामा धेरै सुधार गरेको छ। यसको सुरुवात छोटोदूरीका मिसाइल परिक्षणबाट भयो। जो दक्षिण कोरियालाई ध्यानमा राखेर डिजाइन गरिएको थियो।

यसपछि मध्यमदूरीको मिसाइल निर्माण गर्यो जो जापानसम्मको देशलाई निशाना बनाउन सक्थ्यो। वर्षको अन्तिम समयमा उत्तर कोरियाले आफ्नो अहिलेसम्मको शक्तिशाली इन्टरकान्टिल बैलिस्टिक मिसाइल(आईसीबीएम) को पनि परिक्षण गरेको छ।

ह्वासाँन्न-१७ नामक बैलिस्टिक मिसाइल अमेरिकाको कुनैपनि क्षत्रेमा निसाना बनाउन सक्छ। परमाणु हतियारको प्रयोग नीति अहिले किम जोंगले बदलिसकेका छन्। सेप्टेम्बरमा किंग जोंगले उत्तर कोरिया परमाणु शक्ति सम्पन्न देश घोषणा गरेका थिए र भनेका थिए,‘अब यो स्थितिलाई बदल्न सकिदैन। यी हतियार युद्ध रोक्नको लागि बनाएको होइन, यसको प्रयोग हमला गरी युद्ध जित्नका लागि गरिन्छ।’

त्यस्तै नयाँ वर्षमा उत्तर कोरियाले टेक्नीकल न्युक्लियर हतियार, स्पेस सेटेलाइटजस्ता खतरानाक परमाणु हतियार निर्माण गर्ने रणनीतिरहेको छन्।



प्रतिक्रिया दिनुहोस्