Logo

सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि ७ दिनभित्र दाबी पेश गर्न आह्वान



काठमाडौं, २० पौष । सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि दाबी पेश गर्नआह्वान गरिएको छ । प्रदेश प्रमुख देवराज जोशीले आज एक विज्ञप्ति जारी गर्दै अगामी ७ दिनभित्र दाबी पेश गर्न आह्वान गरेका हुन्।

‘संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश सभामा कुनैपनि दलले स्पस्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा १६८ को उपधार २ बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दाबढी दलहरुलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलमई सुदूरपश्चि प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि २०७९ पौष २७ गते बेलुका ५ बजेभित्र दाबी पेश गर्न आह्वान गरिन्छ,’ विज्ञप्तिमा लेखिएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot