Logo

कांग्रेस संसदीय दल : सातै प्रदेशमा देउवापक्ष हावी



काठमाडौं, २० पुष । केन्द्रमा नेपाली कांग्रेसको संसदीय दलमा देउवाले निर्वाचितभएसँगै सातै प्रदेशको संसदीय दलको नेतामा पनि देउवा निकटकै वर्चश्व हुनेभएको छ। बुधबार कांग्रेसले सातै प्रदेशमा आफ्ना संसदीय दलका नेताको टुगों लगाएको छ।

कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा संस्थापन पक्षका उद्धव थापा चयन भएका छन्। झापाबाट समानुपातिक कोठमा सांसद भएका थापाले ९ मतले संसदीय दलको चुनाव जितेका हुन्।

मधेश प्रदेशमा पनि संस्थापन पक्षकै कृष्णप्रसाद यादव निर्वाचित भएका छन्। बिहिवार भएको मतदानमा यादवले १८ मत प्राप्त गर्दै दलका नेतामा निर्वाचित भएका हुन्।

बाग्मती प्रदेशको कांग्रेस संसदीय दलको नेतामा पनि बहादुरसिंह लामा निर्वाचित भएका छन्। बुधवारै भएको निर्वाचनमा लामाले २१ मत प्राप्त गरेका छन्।

यस्तै गण्डकी प्रदेशको संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे निर्वाचित भएका छन्। पाण्डे १८ मत पाउँदै विजयी भएका हुन्। उनी संस्थापन पक्षकै हुन्।

कर्णाली प्रदेशको संसदीय दलको नेतामा पनि मुख्यमन्त्री जीवनबहादुर शाही सर्वसम्मत चयन भएका छन्।

लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा संस्थापन पक्षका डिल्लीबहादुर चौधरी चयन भएका छन्।

यस्तै सुदूरपश्चिम प्रदेशमा पनि संस्थापन पक्षकै कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन्।



प्रतिक्रिया दिनुहोस्