Logo

घट्यो डलरको भाउ



काठमाडौं, पुस २१ । आज अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७९ पैसा कायम गरिएको छ।

बुधबार अमेरिकी डलर एकको एकको खरिददर १३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९२ पैसा थियो। यो मूल्य अघिल्लो दिनको १३ पैसा घटेको हो।

युरोपियन युरो एकको खरिदमा भने १४० रुपैयाँ २७ पैसा र बिक्रीमा १४० रुपैयाँ ९० पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९० रुपैयाँ ८३ पैसा र बिक्रीमा ९१ रुपैयाँ २४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ९७ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १५९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६० रुपैयाँ १४ पैसा तोकिएको छ।



प्रतिक्रिया दिनुहोस्