Logo

न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक भोलि बस्ने



काठमाडौं, २१ पुष । सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन आज बस्ने भनिएको मस्यौदा कार्यदलको बैठक स्थगित भएको छ । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई पूर्णता दिनका लागि उपप्रधानसहित अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वमा गठन भएको कार्यदल गठन भएको थियो । बैठक भोलि विहान ११ बजे बस्ने गरि स्थगित भएको बताइएको छ । भोलिको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई पूर्णता दिने अर्थमन्त्री पौडेलले बताए ।

कार्यदलमा अर्थमन्त्री पौडेलसहित माओवादीबाट वर्षमान पुन, रास्वपाबाट मुकुल ढकाल, राप्रपाबाट धवलशमशेर राणा र जसपाबाट रकम चेम्जोङ रहेका छन् । पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउने कार्यदल गठन गरेको थियो ।

सरकारको न्यूनतम साझा कार्यक्रममा भ्रष्टाचार र महँगी नियन्त्रणसँगै सन्तुलित वैदेशिक नीति पनि प्राथमिकतामा पाएको बताइएको छ । यस्तै, सुशासन, राष्ट्रियताको रक्षा र अर्थतन्त्रमा सुधार, समृद्धि र शान्तिप्रक्रियाको पूर्णतासहितका चार मुख्य एजेन्डा प्राथमिकतामा राखेर न्यूनतम साझा कार्यक्रम ल्याउने सरकारको तयारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot