Logo

कांग्रेस संसदीय दलको बैठक बस्दै



काठमाडौं, पुस २३ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्न लागेको छ । प्रचण्ड नेतृत्वको सरकारप्रति साझा धारणा बनाउन कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।

बैठक दिउँसो १ बजे संसदीय दलको कार्यालयमा बस्ने कांग्रेसले जनाएको छ । एमाले(माओवादीसहित सात राजनीतिक दल र ३ स्वतन्त्रसहित १६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस २६ गते विश्वासको मत लिँदैछन् ।

बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई मत दिने वा नदिने भन्नेबारे साझा धारणा तय गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्