Logo

कांग्रेस संसदीय दलको बैठक जारी, नयाँ रणनीति बनाउने



काठमाडौं, २३ पुष । नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ । सिंहदरबारस्थित् दलको कार्यालयमा जारी बैठकमा भावी रणनीति तय गरिने बताईएको छ । अहिले सांसदहरुले आफ्नो भनाई राखिरहेका छन् ।

दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने वा नदिनेबारे पनि निर्णय हुने जनाईएको छ । प्रधानमन्त्री दाहालले भने यही पुष २६ गते संसद्मा विश्वासको मत लिँदैछन् ।

सत्ता गठबन्धन टुटेपछि कांग्रेसको यो पहिलो बैठक हो । हिजोमात्रै साभपति देउवाले उपसभापति र महामन्त्रीहरुसँग आजको बैठकका एजेण्डा तय गर्न भेटवार्ता गरेका थिए । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot