Logo

नेपाल टी-२० लिग : फारवेस्ट विजयी



काठमाडौं, २३ पुष । नेपाल टी-२० लिग अन्तर्गत आजभएको दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग फारवेस्ट युनाइटेड विजयी भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको फारवेस्टले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८७ रनको जोडेको थियो।

फारवेस्टकालागि ओपनर हसमथुल्ला शाहिदी र बिनोद भण्डारीले शतकीय साझेदारी गरे। भण्डारीले पहिलो विकेटका लागि शाहिदीसँग १ सय ३४ रनको साझेदारी गरेका थिए।

फारवेस्टले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको पोखरा १८.१ ओभरमा अलआउट हुँदै १ सय ४६ रन मात्र जोड्न सक्यो। पोखराका लागि कप्तान उपुल थरंगाले सर्वाधिक ३६ रन योगदान गरे। उनले २३ बलमा ५ चौका र एक छक्का प्रहार गरे।



प्रतिक्रिया दिनुहोस्

Screenshot