Logo

प्रदेश १ मा आज नयाँ सरकार गठन हुँदै, को बन्लान् मुख्यमन्त्री?



काठमाडौं । प्रदेश १ मा आज नयाँ सरकार गठन हुँदैछ। सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आज आइतबार साँझ ५ बजेसम्मका लागि समय दिएका थिए। सरकार गठनका लागि प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले दाबी पेश गर्ने तयारी गरेको छ ।

गठबन्धन दलहरूबीच भागबन्डा नमिलेका कारण प्रदेश सरकार कस्तो बन्छ भन्ने अन्योल बढेको छ । आज साँझसम्म दाबी पेश गर्ने सत्तारुढ गठबन्धनको तयारी छ । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एमाले( र नेकपा (माओवादी केन्द्र) दुवैले दाबी गर्दै आएका छन् ।

९३ सदस्यीय प्रदेश १ मा नेकपा (एमाले) का ४०, नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाका एक जना प्रदेश सभा सदस्य छन् । सरकार गठनका लागि ४७ जना प्रदेश सभा सदस्य आवश्यक पर्दछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot