Logo

आज कति छ डलरको मूल्य, अन्य देशको विनिमयदर कति ?



काठमाडौं, पुस २४ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेकाे छ।

बैंकले निर्धारण गरेकाे दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा पुगेको छ।

यस्तै, युरो एकको खरिद दर १३८ रुपैयाँ ८४ पैसा र बिक्री दर १३९ रुपैयाँ ४७ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १५६ रुपैयाँ ६१ पैसा र बिक्री दर १५७ रुपैयाँ ३२ पैसा रहेको छ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १३ पैसा र बिक्री दर ३६ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot