Logo

प्रधानमन्त्री दाहाललाई शर्तसहित विश्वासको मत दिन कांग्रेस तयार



काठमाडौं, २४ पुष । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ । सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको धुम्बाराहीस्थित् डेरामा भएको कांग्रेस शीर्ष नेताहरुको उच्च बैठकमा प्रधानमन्त्री दाहाललाई शर्तसहित विश्वासको मत दिनेबारे सकारात्मक छलफल भएको स्रोतको दाबी छ ।

सभापति देउवाले प्रचण्डसँग भावी दिनमा पनि सहकार्यको बाटो राख्नको लागि पनि विश्वासको मत दिनेबारे हिजै पार्टी पदाधिकारीसँग छलफल गरेका थिए । विश्वासको मत दिने वा नदिने भन्नेबारे कांग्रेस संसदीय दलको बैठक बसेर निर्णय गर्ने भनिएको छ। त्यसको लागि पुष २६ गते प्रधानमन्त्रीले विश्वासको मत लिने दिनको विहान बैठक राखेर निर्णय लिने देउवाको तयारी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot