Logo

तास खेलिरहेका १० जना पक्राउ



काठमाडौं, २४ पुष । तास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन्। काठमाडौंको टोखा नगरपालिका-९ स्थित गणेशथानमा तास खेलिरहेका अवस्थामा पक्राउ परेका हुन्।

टोखा नगरपालिका-३ का ५२ वर्षिय पुष्पबहादुर खड्कालगायत १० जनालाई पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट नगद ३ लाख ७० हजार रुपैयाँ र ४ गड्डी तासपनि प्रकाउ गरेको प्रहरीले जनाएको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot