Logo

आजदेखि चितवन महोत्सव



काठमाडौं, पुस २५ । चितवन र यस आसपासका क्षेत्रको आर्थिक विकासमा टेवा पु-याउने उद्देश्यले आयोजना गरिने चितवन महोत्सवको १४औँ शृङ्खला आजदेखि सुरु हुँदैछ ।

चितवन महोत्सवको तयारी पूरा भएको र महोत्वसको प्रदर्शनी स्थल नारायणी नदी किनारमा हुने महोत्सव आर्थिक समितिका संयोजक सहनलाल प्रधानले जानकारी दिए ।

उद्योग वाणिज्य सङ्घ चितवनको आयोजना एवं भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति, चितवनको मुख्य प्रवद्र्धनमा सुरु हुन लागेको सो महोत्सवमा चितवनको धर्म, संस्कृति र पर्यटनको विकासलाई केन्द्रित गरी कार्यक्रम तय गरिएको छ ।

महोत्सव मूल समारोह समितिका संयोजक चुननारायण श्रेष्ठले महोत्सवमा ४५० स्टल रहने र २५ करोड रुपियाँ बराबरको कारोबार हुने बताए ।



प्रतिक्रिया दिनुहोस्