Logo

गण्डकी प्रदेशमा आज नयाँ सरकार गठन हुँदै



काठमाडौं, पुस २५ । गण्डकी प्रदेशमा आज नयाँ सरकार गठन हुनेछ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २१ गते दिएको पाँच दिनको समयसिमा आज अपरान्ह ४ बजे सकिँदै छ । त्यसअघि नै सत्ता गठबन्धनका दलहरु बहुमत हस्ताक्षरसहित एमालेका खगराज अधिकारी मुख्यमन्त्रीमा दावीका लागि जाने तयारीमा छन् ।

अधिकारीलाई मुख्यमन्त्री बनाउन एमाले ३२ जना सांसदको हस्ताक्षर तयार भैसकेको छ । अहिले त्यसैका लागि एमाले संसदीय दलको बैठक चलिरहेको छ । यसपछि गठबन्धन दलका नेताहरुबीच बैठक बसेर मुख्यमन्त्रीको दावी पेस गर्न जाने तयारी छ । आइतबार नै दावी गर्ने तयारी थालेको सत्ता गठबन्धन केन्द्रको निर्णय नआएका कारण रोकिएको थियो ।

गण्डकीमा एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसदको हस्ताक्षर संकलन गरिएको छ । त्यहाँ पहिलो दल कांग्रेससँग २७ सीट छ । गण्डकीमा कांग्रेस र एकीकृत समाजवादी बाहेकको सरकार बन्न लागेको हो ।



प्रतिक्रिया दिनुहोस्