Logo

मलेसियामा बन्धक बनाइएका नेपालीको तत्काल उद्दार गर्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौं, पुस २५। सरकारले मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्दार गर्न पहल सुरु गरेको छ।

वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरु विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले अवस्था बुझ्न र निजहरुलाई उद्दारका लागि निर्देशन दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो विषय गम्भीर भएकाले तत्काल उद्दारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिवमार्फत निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot