Logo

सडकका सबै पार्किङ खाली गराइने



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रका सबै सडकमा भएको पार्किङ खाली गर्ने भएको छ । दरबारमार्गको सःशुल्क पार्किङ हटाएसँगै कामपा प्रहरीले सो तयारी गरेको हो ।

कामपा प्रहरीले हिजो सोमबार रविभवन–कलंकी क्षेत्रको सडक पार्किङ र फुटपाथ खाली गराएको छ । आज मंगलबारबाट कालीमाटीदेखि बल्खु हुँदै कुलेश्वरसम्मको सडक पार्किङ हटाउने भएको छ ।

कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेले बालाजु, कोटेश्वरलगायत मुख्य सडकक्षेत्रको सडकमा राखिएको पार्किङ खाली गर्ने जानकारी दिए ।

यसअघि दरबारमार्ग, बागबजार, बानेश्वर, पुतलीसडकलगायत दर्जनभन्दा बढी क्षेत्रको सडकमा राखिएको पार्किङ हटाइसकेको छ । महानगरले दरबारमार्गको पार्किङ खाली गराएपछि सःशुल्क पार्किङ रहेको न्युरोड क्षेत्रको हटाउने तयारी गरेको छ । त्यसका लागि विकल्पको खोजी भइरहेको महानगरले जनाएको छ । आजको नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot