प्रचण्डलाई विश्वासको मत दिन रास्वपाको ह्वीप


काठमाडौं, पुस २६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिन सांसदहरूलाई ह्वीप जारी गरेको छ।

प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि अहिले बिहान ११ बजे बस्ने भनिएको संसद बैठक दिउँसो १ बजेसम्मका लागि सरेको छ। प्रतिनिधि सभामा रास्वपाका २० जना सांसद छन्।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको रास्वपा सरकारमा सहभागी भईसकेको छ । पार्टी सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्रीको बनेर सरकारमा सहभागी छन् ।