Logo

विश्वविद्यालयहरूको भद्रगोल सहिने छैन– प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, २६ पुष। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा क्षेत्रका लागि बृहत् गुरूयोजना सरकारको उच्च प्राथमिकता हुने बताएका छन् । प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले सार्वजनिक शिक्षामा आमूल सुधार सरकारको संकल्प हुने बताएका हुन् ।

विश्वविद्यालयहरुमा अहिलेको भद्रगोल अन्त्य हुने र क्यालेन्डरअनुसार नै विश्वविद्यालय सञ्चालन हुने उनको दाबी छ । ‘शिक्षा क्षेत्रका लागि बृहत् गुरूयोजना सरकारको उच्च प्राथमिकता हुनेछ । सार्वजनिक शिक्षामा आमूल सुधार सरकारको संकल्प हुनेछ । विश्वविद्यालयहरू अब क्यालेन्डरअनुसार सञ्चालन हुनेछन्, अहिलेको भद्रगोल सहिने छैन,’ प्रधानमन्त्री प्रचण्डले भने ।

साथै, सबै पालिकामा आधारभूत अस्पताल र प्रदेशहरूमा विशिष्टीकृत अस्पताल र मेडिकल कलेजहरू बनाइने पनि प्रचण्डले बताए ।गुणस्तरीय स्यानिटरी प्याडका लागि आर्थिक प्रत्याभूति, गुणस्तरीय प्रसूति सेवाको सुनिश्चितता, चिकित्सकहरूको संख्यामा वृद्धि, चिकित्सक र नर्सलाई सरकारी सेवामा आकर्षित गर्न सेवा सुविधामा पुनरावलोकनका लागि सरकार प्रतिवद्ध उनले बताए ।



प्रतिक्रिया दिनुहोस्