Logo

देउवालाई ओलीको चेतावनी : स्वार्थको जाल हानेको हो भने माछा पर्दैन है !(भिडिओसहित)



काठमाडौं, २६ पुष । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवामाथि कडा टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कांग्रेसको निर्णय स्वागतयोग्य भएको बताए ।

तर, विश्वासको मत दिने निर्णयमा सदासयताबाहेक अरु कुनै स्वार्थ लुकेको भए ठीक नहुने ओलीको चेतावनी थियो । उनले कांग्रेसले कुनै स्वार्थ राखेर जाल हालेको हो भने माछा नपर्ने र जाल रित्तै हुने बताए ।

सम्बोधनको क्रममा उनले भने,‘कांग्रेसले सदाशयता राखेर विश्वासको मत दिने भनेको हो भने सकारात्मक छ, स्वागतयोग्य छ । यदि यो जाल हो भने म भन्न चाहन्छु, ढोक्सा हो भने म भन्न चाहन्छु माछा नभएको खोलामा फ्याँकेजस्तै हुनेछ जाल, केही यसभित्र भोलिका निम्ति अरु खालका कुरा सोचिएको छ भने ढोक्सा रित्तै हुनेछ । किनभने त्यस खोल्सीबाट ढोक्सा थापेतिर कुनै माछा बग्नेवाला छैन ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 

 



प्रतिक्रिया दिनुहोस्