Logo

संसदमा प्रतिपक्ष भएन भने सरकार निरंकुश हुन्छ– चित्रबहादुर केसी



काठमाडौं, काठमाडौं, २६ पुष ।  राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले संसदमा बलियो प्रतिपक्ष नभएमा सरकार निरंकुश हुने बताएका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केसीले सबै दल सरकारमा जानु र संसद प्रतिपक्ष विहिन जस्तै हुनु राम्रो नभएको उनले बताए । यसले देश झन संकटमा जाने पनि उनले बताए । जतिबेला पनि प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँछ भनी संसदमा पूर्व प्रधानमन्त्रीको जुहारी नै परेको उनले बताए ।

आफ्ना कमिकमजोरीबाट बच्न र देशको प्रकृतिक स्रोत साधनको दुरुपयोग गरी चुनाव खर्च उठाउन सबै दलले सरकारको समर्थन गरेका त होइन भन्ने शंका उब्जिएको उनले बताए । साथै आफ्नो पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन नसक्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot