रामचन्द्र पौडेलको टिप्पणी : विस्तारै सबै ठीक ठाउँमा आउने अपेक्षा गरौं


काठमाडौं, २६ पुष । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पूरानो गठबन्धन फर्काउनको लागि आफूहरुले प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएका छन् ।

प्रतिनिधिसभाको बैठकबाट निस्किने क्रममा मिडियाकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले भने,‘हाइज्याक भएको गठबन्धन करेक्सन गर्ने उद्देश्यले कांग्रेसले विश्वासको मत दिएको हो । विस्तारै सबै ठीक ठाउँमा आउने अपेक्षा गरौं ।’