काठमाडौं, पुस २७ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा कायम रहेका १२ मध्ये १० दलको समर्थन र्पाएका छन् ।
मंगलबार सदनबाट विश्वासको मत लिएका प्रधानमन्त्री दाहाललाई जनमोर्चा र नेमकिपाबाहेक सबै दलले विश्वासको मत दिएका छन् ।
प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले समेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि प्रतिनिधि सभा प्रतिपक्षीविहीन हुन पुगेको छ ।
संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रामिक र सुविधासम्बन्धी ऐन २०७३ अनुसार प्रतिपक्षी हुनका लागि मन्त्रिपरिषद गठन गर्ने वा मन्त्रिपरिषद गठन गर्न समर्थन गर्ने दलबाहेकका प्रतिनिधि सभा वा राष्ट्रिय सभामा दश प्रतिशत वा सो भन्दा बढी सदस्यहरूको दल हुनुपर्ने भनेर परिभाषित गरिएको छ । नेपाल समाचारपत्र दैनिकबाट




प्रतिक्रिया