Logo

प्रधानमन्त्री प्रचण्ड र प्रधान सेनापति आज गोरखा जाँदै



काठमाडौं, पुस २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ आज गोरखा जाँदैछन् । गोरखा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका उनी प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा जान लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड आजदेखि सुरु हुने ११औँ गोरखा महोत्सवको उद्घाटन गर्न गोरखा जान लाग्नुभएको हो । खेलकुद मैदान हरटारीमा महोत्सवको आयोजना हुँदै छ । यसैबीच प्रधान सेनापति प्रभुराम शर्मा पनि आजै गोरखा जाने कार्यक्रम रहेको छ ।

गोरखा नगरपालिका–६, ठूलो आँगनमा निर्मित पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि उनी गोरखा जान लागेका हुन् । सोही अवसरमा नेपाली सेनाले परम्परागत पोसाकमा परेड प्रदर्शन र राष्ट्रनिर्माताप्रति सलामी अर्पण गर्ने कार्यक्रम छ । उनले गोरखा नगरपालिका र नेपाली सेनाको सहकार्यमा निर्माण गरिएको मनोग्राम उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

करिब २२ लाख रुपैयाँको लगानीमा निर्माण गरिएको मनोग्राममा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक, नेपालको नक्सा र राष्ट्रिय झन्डा राखिएको छ । सो मनोग्राममा अब हरेक साँझ–बिहान नेपाली सेनाले परेड प्रदर्शन गर्नुका साथै राष्ट्र निर्माताप्रति सलामीसमेत अर्पण गर्नेछ ।

 



प्रतिक्रिया दिनुहोस्