Logo

नेपाल टी-२० लिगका यी हुन् उत्कृष्ट खेलाडी



काठमाडौं, २७ पुष । प्रथम संस्करणको नेपाल टी-२० लिगको आज समापन भएको छ।

आज भएको फाइनल खेलमा लुम्बिनी अल स्टार्स विजेता बनेको छ। लुम्बिनीले आज बिराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै उपाधि जितेको हो।

लिग समापनसँगै प्रथम संस्करणको उत्कृष्ट खेलाडीहरुको पनि घोषणा गरिएको छ।

यी हुन् नेपाल टी-२० लिग उत्कृष्ट प्रदर्शन खेलाडीहरु

प्लेयर अफ दि टुर्नामेन्ट :
विराटनगर सुपर किंग्सका हुसैन तलात नेपाल टी-२० लिगको प्लेयर अफ दि टुर्नामेन्ट बनेका छन्। उनले १३ खेलमा ३६७ रन बनाउनुका साथै १० विकेट पनि लिएका थिए। योसँगै उनले ५ लाख रुपैयाँ प्राप्त गरेका छन्।

उत्कृष्ट ब्याट्सम्यान :
फारवेष्ट युनाइटेडका हसमतुल्लाह शाहिदी उत्कृष्ट ब्याटर बनेका छन्। उनले १० खेलमा ४ सय रन जोडेका थिए। योसँगै उनले २ लाख ५० हजार रुपैयाँ हात पारेका छन्।

उत्कृष्ट बलर :
काठमाडौ किंग्सका अविनास बोहोराले लिगको ११ खेलमा उनले १९ विकेट लिएका हुन्। योसँगै बोहराले २ लाख ५० हजार रुपैयाँ पाउनेछन्।

उदीयमान खेलाडी :
विराटनगरका सूर्य तामाङ नेपाल टी २० लिगको उदीयमान खेलाडी बनेका छन्। सूर्यले ८ खेलमा १२ विकेट लिएका थिए। सूर्यले १ लाख ८० हजार रुपैयाँ हात पारेका छन्।



प्रतिक्रिया दिनुहोस्