Logo

प्रधानमन्त्री दाहाल र ओलीबीच मन्त्रालय बाँडफाँडबारे छलफल



काठमाडौं, २७ पुष । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । ओली भेट्न प्रधानमन्त्री दाहाल बालकोट पुगेका हुन् ।

सो भेटवार्तामा सरकारलाई पूर्णता दिनेबारे छलफल भएको बुझिएको छ । प्रधानमन्त्री दाहाल गोरखाको कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएलगत्तै ओलीसँग भेटवार्ता भएको हो ।

हिजोमात्रै प्रधानमन्त्री दाहालले संसद्मा विश्वासको मत लिएका थिए । त्यसको भोलिपल्ट आज उनले मन्त्रिपरिषद्लाई पूर्णता दिनेगरि गठबन्धनको महत्वपूर्ण घटक नेकपा (एमाले) का अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् । दुई दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री दाहालको चाहना छ ।



प्रतिक्रिया दिनुहोस्