Logo

विश्वको १.७ प्रतिशत आर्थिक वृद्धि हुँदा नेपालको ५.१ प्रतिशत



काठमाडौं, पुस २८ । विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव १ प्रतिशत रहने अनुमान गरेको छ । नेपाल सरकारले भने चालू आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ । विश्व बैंकका अनुसार आगामी आवमा नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुनेछ ।

विश्व बैंकले सन् २०२३ देखि विश्वका अधिकांश मुलुकमा आर्थिक मन्दी लम्बिने प्रक्षेपण गरेको छ । प्रक्षेपण प्रतिवेदनले विश्वको आर्थिक वृद्धि सन् २०२३ मा १.७ प्रतिशत रहने अनुमान गरेको छ । ८ महिनाअघि मात्रै ३ प्रतिशतको अनुमान गरेको बैंकले अहिले १.७ मा झारेको हो ।

विश्वमा विद्यमान मुद्रास्फिति, बढ्दो ब्याजदर र निजी क्षेत्र तथा सर्वसाधारणमा गरिएको लगानी घट्नुले विश्व लामो समय आर्थिक मन्दीमा रहने बैंकको अनुमान छ । कोभिडको असर तथा रुस र युक्रेनबीचको तनावले मुद्रास्फिति बढेको प्रतिवेदनमा उल्लेख छ । ब्याजदर उच्च हुनु र नागरिकप्रति लगानीमा आएको संकुचनले आर्थिक मन्दीलाई बढाउने बैंकको प्रक्षेपण छ ।

विश्व बैंकको बुधबार प्रकाशित विश्व आर्थिक परिदृष्यअनुसार युक्रेन युद्धको प्रभाव दक्षिण एसियामा पनि पर्ने छ । यसले गर्दा सन् २०२२ मा आर्थिक वृद्धिदर ६ दशमलव १ मा मात्र हुने र यो घटेर सन् २०२३ मा ५ दशमलव ५ मात्र हुनेछ । सन् २०२४ मा भने यो ५ दशमलव ८ मा उक्लिने छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot