Logo

बैंकर्स संघको अध्यक्षमा केसी



काठमाडौं, पुस २८। नेपाल बैंकर्स संघको अध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन भएका छन् । संघको बुधबार सम्पन्न विशेष साधारणसभाले केसीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

केसी यस अघि संघको उपाध्यक्ष थिए । यस अघि अध्यक्ष रहेका अनिल उपाध्याय बाहिरिएपछि केसीले कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएका थिए।

त्यस्तै विशेष साधारणसभाले माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालालाई संघको उपाध्यक्षमा सर्बसम्मत चयन गरेको छ । कोइराला यस अघि संघको सदस्यमा थिए ।

विशेष साधारणसभा पश्चात संघका नव नियुक्त अध्यक्ष केसीको अध्यक्षता बसेको संघको बैठकले माघ महिनाको लागि ब्याजदर घटाउने निर्णय गरेको छ।



प्रतिक्रिया दिनुहोस्