Logo

प्रदेश १ का सभामुखमा माओवादी केन्द्रका गौतमको सर्वसम्मत निर्वाचित



काठमाडौं, २८ पुष । प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतम निर्वाचित भएका छन् । गौतम आज सर्वसम्मत निर्वाचित भएका हुन् । उनी ओखलढुंगा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । उनलाई एमालेका रेवती रमण भण्डारीले सभामुखमा प्रस्ताव गरेका थिए भने एकीकृत समाजवादीका कमल जवेगु, माओवादी केन्द्रका नारायण बुर्जा मगर र राप्रपाका गोपाल बहादुर विश्वकर्माले उनको समर्थन गरेका थिए ।

प्रदेश १ मा सभामुखका लागि गौतमको एकल उम्मेदवारी परेसँगै जेष्ठ सदस्य गयानन्दन मण्डलले उनलाई सभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन् । प्रदेश १ को उपसभामुख भने एमालेको भागमा परेको छ । उपसभामुखका लागि पुष ३० गते निर्वाचन हुने बताइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot