Logo

चितवनमा ‘तिम्रो मेरो साथ’को प्रिमियर



काठमाडौं २८ पुष । शुक्रबारदेखि रिलिज हुने फिल्म ‘तिम्रो मेरो साथ’को चितवनमा प्रिमियर भएको छ।

काठमाडौँबाहिर प्रिमियर गर्ने परम्परालाई निरन्तरतादिँदै नायक पुष्प खड्का र नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह अभिनित यो फिल्मले पनि चितवनमा प्रिमियर गरेको हो। प्रिमियरमा उपस्थित हुन फिल्मका कलाकार पुष्प र साम्राज्ञीकासाथै सन्दिप क्षेत्री र निर्देशक एमके पौडेल चितवन पुगेका थिए।

त्रिकोणात्मक प्रेमकथाको झल्को दिने फिल्ममा पुष्पलाई नव अभिनेत्री इमली लामा र साम्राज्ञीको बीचमा चेपिएको प्रेमीकोरुपमा प्रस्तुत गरेको ट्रेलरले झल्को दिन्छ। फिल्ममा सरोज खनाल, दीपिशा केसीलगायतका कलाकारको पनि अभिनय रहेको छ।

तस्बिर : सुरज धामी



प्रतिक्रिया दिनुहोस्

Screenshot