Logo

प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा कांग्रेसको कुनै स्वार्थ भए अग्रगमनतर्फ जान गाह्रो छ– कृष्णभक्त पोखरेल



काठमाडौं, २८ पुष । नेकपा (एमाले) का नेता एवं संविधानविद् कृष्णभक्त पोखरेलले राष्ट्रिय सहमतिको सरकार बन्दै गर्दा कांग्रेसको पछिल्लो कदमलाई अस्वभाविक भन्न नसकिने बताए । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै पोखरेलले कांग्रेसको पछिल्लो कदमलाई अस्वभविक मान्न नहुने तर प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिँदा कुनै स्वार्थ भावले आएको भए अग्रगमनतर्फ जान गाह्रो हुने बताएका हुन् ।

साथै, नेपाली कांग्रेसले विगतमा संसद् प्रतिपक्षविहीन रहन नसक्ने भन्दै सहमतिको राजनीतिलाई तोड्ने काम गरेको पनि उनको आरोप छ । संगै चुनाव लडेको गठबन्धनलाई पनि जोगाउन नसकेको पार्टी सकारात्मक रूपमै देश बनाउने भावका साथ आएको अवस्थामा यसलाई अन्यथा भन्न नसकिने उनको भनाई छ ।

‘हाम्रो संविधानको बनोट र यसभन्दा अगाडिका अभ्यासहरुलाई हेर्ने हो भने ‘वाच डग’ का रूपमा प्रतिपक्ष रहने र सत्ता पक्षले कमिकमजोरी गरेको र संविधानको भावनाविपरित भए खबरदारी गर्न एउटा ‘वेटिङ गभर्मेन्ट’ को रुपमा प्रतिपक्ष रहेर जाने प्रणाली हामीले स्थापित गरेका थियौं । कुनै स्वार्थप्रेरित भावना र पद प्राप्तिको दुराशय राखेर आएको भए अग्रगमनतर्फ जान गाह्रो छ,’ क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षतकार कार्यक्रममा बोल्दै उनले भने ।

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot