मन्त्रिमण्डल विस्तारका लागि सत्तारुढ दलको बैठक


काठमाडौं, २९ पुष । मन्त्रिमण्डल विस्तारका लागि सत्तारुढ दलको बैठक अहिले सिंहदरबारमा बस्दैछ।

बैठक प्रधानमन्त्री कार्यालयमा अहिले ११:३० बजे बस्दैछ।

आजको बैठकमा मन्त्रालयहरूको भागबन्डामा सहमति जुटाएर आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तयारी रहेकोछ।

सत्ता साझेदार दलहरुबीच कसलाई कति वटा मन्त्रालय भन्ने टुङ्ग्याउन बाँकी छ।