Logo

प्रदेश १ का मुख्यमन्त्री कार्कीले गरे मन्त्रिपरिषद् विस्तार



काठमाडौं, २९ पुष । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छने । कार्की आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा छन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअघि मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले आज माओवादी केन्द्रका जीवन आचार्य र दुर्गा चापागाईं तथा नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गरका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन । यसअघि काकीले चार सदस्यीय मन्त्रिपरिषद् विस्तार गरिसकेका छन् । विश्वासको मत लिइसकेपछि थप मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot