काठमाडौं, २९ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा लागेका छन् । तर, उनी आफ्नै पार्टीभित्रबाट कसलाई मन्त्री बनाउने भन्नेबारे निर्णयमा पुग्न सकेका छैनन् । माओवादीबाट प्रधानमन्त्रीसहित ५ जना सरकारमा सहभागी हुने बुझिएको छ। प्रधानमन्त्री दाहाल र उपप्रधानमन्त्री नारायणकाजीपछि अब तीन जना मन्त्री हुने चर्चा छ ।
प्रधानमन्त्री दाहालले सुदन किराँती, रेखा शर्मा र महिन्द्र राय यादवलाई मन्त्री बनाउने तयारी गरेका छन् । तर, पूर्व सभामुख अग्निप्रसाद सापकोटाले भतिजा माधव सापकोटालाई मन्त्री बनाउन अड्डी कसेपछि प्रधानमन्त्री दाहाल तनावमा छन् । पछिल्लो समय सापकोटाले सिन्धुपाल्चोकबाट माधवलाई मन्त्री बनाउनको लागि डेलिगेट्स नै ल्याएको चर्चा छ ।
अग्नि सापकोटाले प्रधानमन्त्री दाहालसमक्ष या त आफूलाई उपरराष्ट्रपति बनाईनुपर्ने या भतिजो माधवलाई मन्त्री बनाउनुपने शर्त राखेका छन् । प्रधानमन्त्री दाहाल भने सापकोटाको कारण अप्ठ्यारोमा परेका छन् । सुदन र रेखालाई मन्त्री बनाउनेबारे करिब करिब निश्चित् भएपनि अग्नि सापकोटाको कारण नेसपाका अध्यक्षसमेत रहेका माओवादीबाट चुनाव जितेका महिन्द्रराय यादवलाई मन्त्री बनाउनेबारे भने दाहाल पनि अलमलमा परेको स्रोतको दाबी छ । file photo




प्रतिक्रिया