Logo

रिहाइको लागि सन्दीपलाई कारागारबाट अदालत लगियो



काठमाडौं, २९ पुष । क्रिकेटर सन्दीप लामिछानेलाई रिहाइका लागि केन्द्रीय कारागारबाट जिल्ला अदालत काठमाडौं लगिएको छ । हिजो (बिहिबार) उच्च अदालतले २० लाख धरौटीमा सन्दीपलाई छाड्न आदेश दिएसँगै उनका दाजु मोहन लामिछानेले जिल्ला अदालत काठमाडौंमा आज धरौटी बुझाएका थिए । त्यसलगत्तै उनलाई तारिख बुझ्न जिल्ला अदालत लगिएको हो ।

सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले केन्द्रीय कारागारमा पुगेर सन्दीपलाई अदालतले राखेका शर्तको जानकारीसमेत गराएको थिए । गराएका थिए । धरौटीमा रिहा भएपछि सन्दीप राष्ट्रिय टिममा फर्किने उनका कानुन व्यवसायी घिमिरे बताउँछन् । थुनामुक्त भएपछि सन्दीपलाई क्यानले स्वतः कप्तान फिर्ता गर्नुपर्ने अधिवक्ता घिमिरेको जिकिर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot