Logo

श्रोत नखुलेको १० लाख ४५ हजार रकमसहित चार जना पक्राउ



 बखतियार अलि/सर्लाही, पुस ३०। सर्लाहीको छुट्टा छुट्टै स्थानबाट श्रोत नखुलेको रकम सहित ४ जनालाई प्रहरी नियन्त्रणमा लिएको छ ।

सर्लाहीको गोडैता नगरपालिका–१२, लक्ष्मीचोकबाट श्रोत नखुलेको १० लाख ४५ हजार नेपाली नोटसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हाे ।

गस्तीमा खटेको प्रहरी टोलीले शुक्रवार साँझ बाग्मती प्रदेश ०१–०२५ च १७९४ नम्बरको स्वीप्ठ कार चेकजाँच गर्ने क्रममा उक्त रकम फेला परेपछि कार चालक काठमाण्डौ बागेश्वरी मनोहरा न.पा.–८ बस्ने बर्ष ३२ को पहलाद चापागाई सोही कारमामा सवार मनोहरा–२ बस्ने बर्ष २७ को सनम बस्नेत र मनोहरा–८ बस्ने ३६ वर्षिय शिव चापागाईलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसंधान प्रक्रिया अगाडी बढाईएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक बिजय यादवले जानकारी दिए ।

त्यस्तै प्रहरीले मलंगवा–२ नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडीबाट दुई लाख नेपाली रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत जिल्ला सितामढी ग्राम पंचायत मढिया–३, तिलहंगी बस्ने जयलाल महतोको छोरा १९ वर्षिय राहुल महतो रहेको प्रहरीले जनाएको छ ।

महतो नगद सहित साईकलबाट आउँदै गरेको अवस्थामा विशेष सुराकीको आधारमा प्रहरीले नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । नगदसहित महतोलाई प्रहरी नियन्त्रणमा राखेर थप अनुसंधान भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot