Logo

एनआईसी एशिया बैंकको २५ औं वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं, पुस ३० । एनआईसी एशिया बैंकको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । साे सभाले सर्वसाधारण शेयरधनी समूहको तर्फबाट सञ्चालकमा केशवप्रसाद लम्साललाई नियुक्त गरेको निर्णय अनुमाेदन गरेकाे छ ।

एनआईसी एशिया बैंकको २५ औं वार्षिक साधारण सभा २०७९/९/२९ गते शुक्रबारका दिन काठमाडौंको तिलगंगा स्थित होटल आनन्द प्रालिमा सम्पन्न भएको हाे ।

बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधनरथप गर्ने प्रस्ताव पारित गरेको छ ।

सो सभाले मिति २०७९/०७/०२ मा सम्पन्न सञ्चालक समितिको ५७१ औं बैठकको निर्णयानुसार सर्वसाधारण शेयरधनी समूहको तर्फबाट सञ्चालकमा वसौटी–६, कैलाली स्थायी ठेगाना भई हाल शान्तिनगर–३१, काठमाडौं निवासी केशवप्रसाद लम्साललाई नियुक्त गरेको निर्णयलाई अनुमोदन समेत गरेको छ ।

एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जाल विस्तार गरेको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०५ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।



प्रतिक्रिया दिनुहोस्