प्रधानमन्त्री दाहाल र ओलीबीचको भेटवार्ता सम्पन्न


काठमाडौं, ३० पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सम्पन्न भएको छ । आज बालुवाटारमा भएका भेटवार्ता भर्खरै सम्पन्न भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ। भेटवार्तामा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल भएको बुझिएको छ ।

प्रधानमन्त्री दाहालले विश्वासको मत लिएको आज चार दिन बितिसक्दापनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर आलोचना भैरहेको छ। यसै सन्दर्भमा एमाले अध्यक्ष ओलीले चासो लिएर प्रधानमन्त्री दाहालसँग आज तीन घण्टा लामो छलफल गरेका हुन् । छलफलमा दुवै नेता आज/भोलि नै सरकारलाई पूर्णता दिने विषयमा सहमत भएको बुझिएको छ ।