नेता नेपाल र पौडेलबीच भेटवार्ता


काठमाडौं, ३० पुष । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

आज एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा भेटवार्ता भएको एकीकृत समाजवादीको सचिवालय जनाएको छ।

उनीहरुबीच सभामुख र राष्ट्रपतिको निर्वाचनलगायतका समसामायिक विषयमा छलफल भएको समाजवादीको सचिवालयले जनाएको हो।