Logo

हत्या गरी खाल्डोमा पुरेको अवस्थामा आठ वर्षीय बालकको शव फेला



काठमाडौं, ३० पुष । डडेलधुरामा एक ८ वर्षीय बालकलाई हत्या गरी खाल्डोमा पुरिएको अवस्थामा शव फेला परेको छ । आलीताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको शव घर नजिकैको खाल्डोमा पुरेको अवस्थामा फेला परेको हो ।

प्रहरीका अनुसार शव पुरै सडेको अवस्थामा भएकाले घटना केही दिनअघि घटेको हुनसक्ने अनुमान छ । प्रहरी अनुसन्धानका लागि मृतक बालककी आमा र सौतेनी आमालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय जोगबुढाको टोलीले घटनास्थल पुगेर शव उत्खनन् गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस्