इरानद्वारा बेलायती जासुसलाई मृत्युदण्ड


एजेन्सी । इरानले शनिबार बेलायती गुप्तचरको लागि जासुसी गरेको आरोपमा एक इरानी-ब्रिटिश दोहोरो नागरिक भएका व्यक्तिलाई मृत्युदण्ड दिएको छ।

न्यायिक समाचार एजेन्सी मिजान अनलाइनले उल्लेख गरेअनुसार मातुभूमिमा रहेर भ्रष्टाचार गरेको र देशको आन्तरिक र बाह्य सुरक्षामाथि खुफिया जानकारी दिएर हानी पुर्याएको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका अलिरेजा अकबरीलाई मृत्युदण्ड दिइएको हो।